Kathmandu Press

काठमाडौं उपत्यकामा थपिए कोरोनाका एक सय ७२ नयाँ संक्रमित 

काठमाडौं, साउन ३२ : काठमाडौं उपत्यकाका तीन जिल्लामा आइतबार थप एक सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भ

काठमाडौं उपत्यकामा थपिए कोरोनाका एक सय ७२ नयाँ संक्रमित 

काठमाडौं, साउन ३२ : काठमाडौं उपत्यकाका तीन जिल्लामा आइतबार थप एक सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा काठमाडौंमा एक सय २६, ललितपुरमा ३८ र भक्तपुरमा आठ जनामा संक्रमण पुष्टि भएको हो। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ। संक्रमितमध्ये १७ हजार ३३५ जना निको भएर घर फर्किएका छन्।

प्रकाशित मिति: १६:३५ बजे, आइतबार, साउन ३२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्