Kathmandu Press

आईसीयूमा उपचाररत कपिलवस्तुका कोरोना संक्रमित पुरुषको मृत्यु

बुटवल, साउन ३१ :  रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पताल, बटुवलमा उपचाररत कोरोना संक्रमित पुरुष

आईसीयूमा उपचाररत कपिलवस्तुका कोरोना संक्रमित पुरुषको मृत्यु
फाइल

बुटवल, साउन ३१ :  रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पताल, बटुवलमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। 

कपिलवस्तुको मायादेवी गाउँपालिका–७ का ४० वर्षीय पुरुषको उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए।

तीन दिनअघि अस्पतालमा भर्ना भएका ती पुरुषको आईसीयुमा राखेर उपचार भइरहेको थियो। ती पुरुषको फोक्सोमा संक्रमण भएकाले ज्वरो र श्वास प्रश्वासमा समस्या देखिएको थियो।
 

प्रकाशित मिति: १२:३६ बजे, शनिबार, साउन ३१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्