Kathmandu Press

धनुषामा थप एक जना कोरोना संक्रमितको मृत्यु

जनकपुर, साउन ३० :  धनुषामा कोरोना भाइरसको संक्रमणबाट थप एक जना पुरुषको मृत्यु भएको छ। 

धनुषामा थप एक जना कोरोना संक्रमितको मृत्यु

जनकपुर, साउन ३० :  धनुषामा कोरोना भाइरसको संक्रमणबाट थप एक जना पुरुषको मृत्यु भएको छ। 

कोरोना संक्रमणबाट जनकनन्दनी गाउँपालिका–४ का ५० वर्षीय पुरुषको मृत्यु भएको हो।  श्वास प्रश्वासमा समस्या देखिएपछि उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएका ती पुरुषलाई काठमाडौं रेफर गरिएको थियो। 

तर, उनको काठमाडौं लैजाँदै गर्दा बिहीबार दिउँसो बाटोमै मृत्यु भएको सामाजिक विकास मन्त्रालयका वरिष्ठ प्रशासक विजय झाले जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०० पुगेको छ। 

प्रकाशित मिति: १९:११ बजे, शुक्रबार, साउन ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्