काठमाडौं उपत्यकामा थपिए ११९ जना कोरोना संक्रमित
काठमाडौं, साउन ३० : काठमाडौं उपत्यकामा थप ११९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

काठमाडौं, साउन ३० : काठमाडौं उपत्यकामा थप ११९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ११९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ। संक्रमितमध्ये १७ हजार ७७ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट ९९ जनाको मृत्यु भएको छ।
प्रवक्ता गौतमका अनुसार शुक्रबारमात्रै कोरोनालाई जितेर २४० जना घर फर्किएका छन्।
प्रकाशित मिति: १६:२५ बजे, शुक्रबार, साउन ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











