Kathmandu Press

तस्बिरमा सिन्धुपाल्चोकको गाउँनै पुर्ने पहिरो

सिन्धुपाल्चोक, साउन ३० : आज बिहान ६ बजे खसेको पहिरोले सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदी गाउँ नै

तस्बिरमा सिन्धुपाल्चोकको गाउँनै पुर्ने पहिरो
श्रीधर न्याैपाने

सिन्धुपाल्चोक, साउन ३० : आज बिहान ६ बजे खसेको पहिरोले सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदी गाउँ नै पुरिएको छ।

पहिरोले ३७ घर पुरिएका छन्। घर पुरिँदा पाँच जनाको मृत्यु भएको छ भने ३३ जना बेपत्ता भएका छन्।

पहिरोमा परि नौ जना घाइते भएका छन्। गम्भीर घाइते भएका पाँच जनालाई सभामुख अग्निप्रसाद सापकोटाको पहलमा हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं लगिएको छ।

अहिले पहिरोमा पुरिएका ३३ जनाको खोजी भइरहेको छ। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय वासिन्दा खोजीमा जुटेका छन्।

प्रकाशित मिति: १५:१५ बजे, शुक्रबार, साउन ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्