सिन्धुपाल्चोक पहिरो अपडेट : चारको शव भेटियो, ३४ बेपत्ता (नामावलीसहित)
सिन्धुपाल्चोक, साउन ३० : सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा मा गएको पहिरोमा पुरिएको चार

सिन्धुपाल्चोक, साउन ३० : सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा मा गएको पहिरोमा पुरिएको चार जनाको शव भेटिएको छ। अझै ३४ जना वेपत्ता रहेका छन्।
आज बिहान ६ बजे चार सय मिटर माथिबाट आएको पहिरोले लिदी गाउँका ३७ घर पुरिएका छन्। घर पुरिँदा ३८ जना वेपत्ता भएका हुन्।
बेपत्ता भएकामध्ये शुक्रबार मध्याह्न चार जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनीहरुको सनाखत हुन सकेको छैन।
पहिरोमा पुरिएकाहरुको जोखीमा स्थानीय वासिन्दासँगै नेपाली सेना टोली खटिएको छ। नेपाली सेनाको टोली हेलिकप्टरमार्फत सिन्धुपाल्चोक पुगेको हो।
त्यस्तै, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पनि घटनास्थलतर्फ प्रस्थान गरेको छ। केहीबेरमा दुवै टोली पुग्ने जनाएको छ।
यही हुन् बेपत्ता भएकाहरुको नामवली
- १. मानबहादुर दोङ
- २. जयबहादुर दोङ
- ३. प्रिया दोङ
- ४. प्रिती दोङ
- ५. कान्छी दोङ
- ६. सानुकान्छी दोङ
- ७. वाङ्ची लामो दोङ
- ८. धनमाया दोङ तामाङ
- ९. रेनिस दोङ
- १०. मेकमाया दोङ (इन्द्र)
- ११. मिलन दोङ
- १२. विमला दोङ
- १३. माइला पहराङ
- १४. प्रकाश दोङ
- १५. साइली दोङ
- १६. आयुष दोङ
- १७. सुवास तामाङ
- १८. छविलाल दोङ
- १९. सोनरानी दोङ
- २०. धनलक्ष्मी दोङ
- २१. सिरमाया दोङ
- २२. विविरानी दोङ
- २३. सानुलामो दोङ
- २४. विवी लक्ष्मी दोङ
- २५. सानुकान्छा
- २६. साङ्लामु दोङ
- २७. सोनाम दोङ
- २८. हिरा झाक्री
- २९. जिते झाक्री
- ३०. सानुकान्छी दोङ (गर्भवती)
- ३१. दिन्दुस दोङ
- ३२. सुरज दोङ
- ३३. सुमन दोङ
- ३४. करिष्मा दोङ
- ३५. च्यामा दोङ
- ३६. सानु दोङ
- ३७. टिका माया दोङ
- ३८. छिरिङ दोङ











