Kathmandu Press

सिन्धुपाल्चोक पहिरोमा पुरिएर ३५ जना वेपत्ता

सिन्धुपाल्चोक, साउन ३० : सिन्धुपाल्चोकमा आज बिहान गएको भिषण पहिरोमा २८ घर पुरिएका छन्। घर पुरिँदा ३५

सिन्धुपाल्चोक पहिरोमा पुरिएर ३५ जना वेपत्ता
श्रीधर न्याैपाने

सिन्धुपाल्चोक, साउन ३० : सिन्धुपाल्चोकमा आज बिहान गएको भिषण पहिरोमा २८ घर पुरिएका छन्। घर पुरिँदा ३५ जना वेपत्ता भएका छन भने नौ जना घाइते भएका छन्। गम्भीर घाइतेलाई हेलिकप्टरमापर्फत काठमाडौं पठाइएको छ।

आज बिहान जुगल गाउँपालिका–२ लिदीमा भीषण पहिरो गएको हो। पहिराले २८ घर पुरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पहिरोमा ३५ जना बेपत्ता भएको स्थानीय बासिन्दालेब ताए।

बस्तीभन्दा कम्तीमा चार सय मिटर माथिबाट पहिरो आएको छ। पहिरोले पुरिएका पाँच घरका बासिन्दा सम्पर्कविहीन रहेको जुगल गाउँपालिका अध्यक्ष  होमनारायण श्रेष्ठले बताए। स्थानीयवासी पेशलाल दोङका अनुसार दुई जनाको शव देखिएको छ। माथिबाट पहिरो आइरहेकाले खोज तथा उद्धारमा समस्या भएको उनले बताए।

पहिरामा घर पुरिएकाहरु माथि डाँडामा गएर बसेका छन् । स्थानीयवासीले सम्पर्कविहीनको खोज र उद्धार गर्न सकेका छैनन्। भौगोलिक विकटता र भिरालो जमीन हुनाका साथै  माथिबाट पहिरो आएको र तलबाट पनि जमिन भासिएकाले उद्धारमा कठिनाइ भएको जनाएको छ।

नजीकै अर्को कुनै गाउँ नभएको र त्यो गाउँ नै पहिराले बगाएकाले उद्धारमा समस्या भएको अध्यक्ष श्रेष्ठले बताए। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक माधवप्रसाद काफ्लेले कात्तिकेबाट प्रहरी उद्धारका लागि गए पनि लामो बाटो पार गर्नुपरेकाले प्रहरी घटनास्थल पुग्न समय लाग्ने बताए।

यसैबीच काठमाडौंबाट आएको सैनिक हेलिकप्टरले घाइतेहरुलाई उपचारका लागि काठमाडौं लगेको छ। गम्भीर घाइतेलाई काठमाडौं पठाएको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताए। उनका अनुसार अन्यको उद्धार जारी रहेको छ।

यसैबीच सभामुख अग्निप्रसाद सापकोटासहितको टोली पनि घटनास्थल पुगेका सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेले बताए।

यो गाउाका वासिन्दाले साउन २३ गते बस्ती जोखिममा परेको भनी जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकमा जोखिमको पहिचान गरी स्थानानतरण गर्न निवेदन दिएको स्थानीयवासी आशबहादुर तामाङले बताए । ‘हामीले बस्ती जोखिममा छ भनेर निवेदन दिएकै बेला त्यसको अध्ययन गर्न सकेको भए यो अवस्था आउँदैनथ्यो,’ उनेले भने, ‘प्रशासनले चासो दिएको भए बस्ती सार्न सकिने थियो, यत्रो मानवीय क्षति हुने थिएन।’

तामाङका अनुसार २६ मेगावाटको बलेफी ए हाइड्रोपावरको सुरुङ निर्माणका क्रममा विस्फोटन गर्दा जमीन हल्लिएका कारण पहिरो गएको हो। ‘हामीले दिएको निवेदनमा नाम्फा, सञ्चगाउँ, लिदी, झुल्के, निम्लुङ, वैगाङसमेतका पाँच सयभन्दा बढी घरहरु जोखिममा परेको बताएका थियौं,’ तामाङले भने। (रासस)

प्रकाशित मिति: ११:५६ बजे, शुक्रबार, साउन ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्