काठमाडौं उपत्यकामा थपिए १२७ जना कोरोना संक्रमित
काठमाडौं, साउन २९ : काठमाडौं उपत्यकामा थप १२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ

काठमाडौं, साउन २९ : काठमाडौं उपत्यकामा थप १२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बिहीबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप १२७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ। संक्रमितमध्ये १६ हजार ८३७ जना निको भएर घर फर्किएका छन् भने संक्रमणबाट अहिलेसम्म ९५ जनाको मृत्यु भएको छ।
प्रवक्ता गौतमका अनुसार बिहीबारमात्रै कोरोनालाई जितेर १०९ जना घर फर्किएका छन्।
प्रकाशित मिति: १६:२७ बजे, बिहीबार, साउन २९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











