Kathmandu Press

पाटन र बुटवलमा कोराेना संक्रमणबाट दुईको मृत्यु

काठमाडौं, साउन २८ : ललितपुरको पाटन अस्पताल र बुटवलको कोरोना विशेष अस्पतालमा कोरोना भाइरसको संक्रमणबा

पाटन र बुटवलमा कोराेना संक्रमणबाट दुईको मृत्यु

काठमाडौं, साउन २८ : ललितपुरको पाटन अस्पताल र बुटवलको कोरोना विशेष अस्पतालमा कोरोना भाइरसको संक्रमणबाट दुई जनाको मृत्यु भएको छ। बुटवलमा मृत्यु भएका अर्का एक जनाको कोरोना परीक्षण रिपोर्ट आउन बाँकी छ।

जिल्ला स्वास्थ्य कार्यालय, ललितपुरका अनुसार आज बिहान पाटन अस्पतालमा उपचाररत ३८ वर्षीया युवतीको मृत्यु भएको हो। साउन १८ गते अस्पताल भर्ना भएकी उनी जनकपुरकी वासिन्दा हुन्।

त्यस्तै, बुटवलस्थित कोरोना विशेष अस्पतालमा आजै बिहान दुई जनाको मृत्यु भएको छ। एक जना कोरोना संक्रमित हुने भने अर्काको रिपोर्ट आउन बाँकी रहेको अस्पतालले जनाएको छ।

अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाका अनुसार कपिलवस्तुका २५ र ४२ वर्षीय पुरुषको मृत्यु भएको हो। आज बिहान मृत्यु भएका ४२ वर्षीय युवकमा कोरोना संक्रमण देखिएको छ।

साउन २५ गते अस्पताल भर्ना भएका उनी कपिलवस्तुका बासिन्दा हुन्। उनको कोरोनाबाटै बुधबार बिहान ४ बजे मृत्यु भएको डा.थापाले बताए।

त्यस्तै, अर्का २५ वर्षीय युवक पनि कपिलवस्तुकै हुने। उनी साउन २७ गते अस्पतला भर्ना भएका थिए। दुवैको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

त्यस्तै, २५ वर्षीय युवकको पनि आज बिहान ३ः३० बजे मृत्यु भएको डा.थापाले बताए। उनको कोरोना परीक्षणका लागि स्वाब संकलन गरेर पठाइएको छ। उनलाई श्वासप्रश्वासमा समस्या रहेको थियो। त्यस्तै, खोकी लाग्ने र ज्वरो आउनेजस्ता लक्षण देखिएका थिए। उनी मिर्गौला रोगबाट पीडित रहेको जनाएको छ।

प्रकाशित मिति: ०९:५० बजे, बुधबार, साउन २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्