Kathmandu Press

काठमाडौं उपत्यकामा थपिए १३४ जना कोरोना संक्रमित

काठमाडौं, साउन २७ : काठमाडौं उपत्यकामा थप १३४  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

काठमाडौं उपत्यकामा थपिए १३४ जना कोरोना संक्रमित
फाइल

काठमाडौं, साउन २७ : काठमाडौं उपत्यकामा थप १३४  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

मंगलबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप १३४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। उनका अनुसार संक्रमित काठमाडौंका ११० जना, ललितपुरका १६ र भक्तपुरका ८ जना रहेका छन्। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ। संक्रमितमध्ये १६ हजार ६६४ जना निको भएर घर फर्किएका छन् भने अहिलेसम्म ८३ जनाको मृत्यु भएको छ।

प्रवक्ता गौतमका अनुसार मंगलबारमात्रै कोरोनालाई जितेर १७१ जना घर फर्किएका छन्। 

प्रकाशित मिति: १६:४२ बजे, मंगलबार, साउन २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्