Kathmandu Press

ललितपुरको किष्ट अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौं, साउन २६ :  ललितपुरको किष्ट अस्पतालमा उपचाररत  कोरोना संक्रमित महिलाको मृत्यु भएक

ललितपुरको किष्ट अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु
फाइल

काठमाडौं, साउन २६ :  ललितपुरको किष्ट अस्पतालमा उपचाररत  कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। 

कोरोनाको संक्रमणबाट काभ्रे पाँचखालका ५० वर्षीया महिलाको सोमबार दिउँसो उपचारका क्रममा मृत्यु भएको हो।

आइतबार दिउँसो १ बजे अस्पताल भर्ना भएका ती महिला निमोनियाबाट ग्रसित थिए। अस्पताल भर्ना हुनासाथ ती महिलाको स्वाब परीक्षण गर्दा कोरोनाको संक्रमण पुष्टि भएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिश पाठकले जानकारी दिए।

-यसअघि प्रकाशित समाचारमा मृतक महिला हुनु पर्नेमा अन्यथा भएकाले सच्याइएको छ।*

 

प्रकाशित मिति: १८:४० बजे, सोमबार, साउन २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्