Kathmandu Press

विदेशमन्त्रीको भनाइ सच्याउँदै भारतले भन्यो- बुद्ध नेपालमै जन्मिएका हुन्

काठमाडौं, साउन २५ :  भारतीय विदेश मन्त्रालयले गौतम बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका नरहेको बत

विदेशमन्त्रीको भनाइ सच्याउँदै भारतले भन्यो- बुद्ध नेपालमै जन्मिएका हुन्
फाइल

काठमाडौं, साउन २५ :  भारतीय विदेश मन्त्रालयले गौतम बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका नरहेको बताएको छ। 

विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले आफ्ना मन्त्री एस जयशंकरको भनाइबारे स्पष्ट पार्दै गौतम बुद्ध लुम्बिनीमा जन्मिएको र लुम्बिनी नेपालमा पर्ने बताएका हुन्। 

मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले जारी गरेको विज्ञप्तिमा भनिएको छ,'बुद्ध लुम्बिनीमा जन्मिएका हुन् भन्नेमा कुनै शंका छैन, जुन नेपालमा पर्छ।'

शनिबार कन्फडरेसन अफ इन्डिया इन्डष्ट्रिद्वारा आयोजित इन्डिया एट-७६ भर्चुअल सम्मेलनमा भारतीय विदेशमन्त्री जयशंकरले बुद्ध भारतीय रहेको बताएका थिए।  एस जयशंकरको भनाइको नेपालमा व्यापक विरोध भएको थियो। 

नेपालको परराष्ट्र मन्त्रालयले पनि बुद्धको जन्मस्थलबारे दिग्भ्रमित नहुन अन्तर्राष्ट्रिय समुदायमा अपील गर्दै आइतबार विज्ञप्ति निकालेको थियो। 

‘गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने ऐतिहासिक र पुरातात्विक प्रमाणका आधारमा स्थापित कुरा हो। बुद्धको जन्मभूमि बुद्धिज्मको उद्‍गम थलो लुम्बिनी युनेस्कोको सम्पदा सूचीमा छ,’ परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा भनिएको छ।

परराष्ट्रले नेपालबाट विश्वका विभिन्न मुलुकमा बुद्धिज्म फैलिएको भन्दै बुद्धको जन्मस्थलबारे विवाद गरिरहनुनपर्ने बताएको थियो। 
 

प्रकाशित मिति: १९:२० बजे, आइतबार, साउन २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्