Kathmandu Press

कोरोनाको संक्रमणबाट थप दुई जनाको मृत्यु 

काठमाडौं, साउन २५ :  नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। 

कोरोनाको संक्रमणबाट थप दुई जनाको मृत्यु 
फाइल

काठमाडौं, साउन २५ :  नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। 

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको पुष्टि गरेका हुन्। 

कोरोना संक्रमणबाट कास्कीको पोखरा महानगरपालिका–१९ का ६२ वर्षीय पुरुष र पर्साको वीरगञ्ज महानगरपालिका–२ की २० वर्षीया युवतीको मृत्यु भएको प्रवक्ता डा. गौतमले जानकारी दिए।

उनका अनुसार ६२ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र वीरगञ्जकी २० वर्षीया युवतीको नारायणी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। 

उनीहरु दुवैको साउन २४ मृत्यु भएको उनले बताए। योसँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ७५ पुगेको छ।  नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ भने तीमध्ये १६ हजार ३५३ जना निको भएर घर फर्किएका छन्।  

प्रकाशित मिति: १६:४२ बजे, आइतबार, साउन २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्