Kathmandu Press

पोखरामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु 

काठमाडौं, साउन २५ : स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचाररत कोरोना संक्रमित एक ६२ बर्षीय बृद्धक

पोखरामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु 
फाइल

काठमाडौं, साउन २५ : स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचाररत कोरोना संक्रमित एक ६२ बर्षीय बृद्धको मृत्यु भएको छ । 

साउन १७ गते कोरोना रिपोर्ट पोजेटिभ देखिनुका साथै सुगर रोगबाट ग्रसित पोखरा नगरपालिका वडा नं १९ निवासी ६२ बर्षीय बृद्धको गएराती ११ः३५ बजे उपचारका क्रममा मृत्यु भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले जनाएको हो । 

यो सँगै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । 

यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७४ पुगेको छ । यद्यपी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको आधिकारीक पुष्टि भने गर्न बाँकी छ । 

 

प्रकाशित मिति: ०८:१२ बजे, आइतबार, साउन २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्