Kathmandu Press

कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु 

काठमाडौं, साउन २३ : नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ। 

कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु 
फाइल

काठमाडौं, साउन २३ : नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ। 

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप पाँच जनाको मृत्यु भएको जानकारी दिएका हुन्। उनका अनुसार पर्साका तीन र सर्लाही र सिरहाका एक-एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। 

कोरोना संक्रमणबाट पर्सा वीरगञ्ज–९ माइस्थानका ४५ वर्षीय पुरुषको साउन २२ गते पाटन अस्पतालमा, वीरगञ्ज–११, शीतपुरका ७९ वर्षीय पुरुषको साउन २० गते र सोही ठाउँका ५७ वर्षीय पुरुषको साउन २२ मा गण्डक अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए। 

यस्तै, सिरहा गोलबजार–१२ का २५ वर्षीय पुरुषको साउन २२ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र सर्लाही बसन्तपुरका ४५ वर्षीय पुरुषको साउन २३ गते ललितपुरको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनले बताए।
 
योसँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ७० पुगेको छ। 

प्रकाशित मिति: १७:०६ बजे, शुक्रबार, साउन २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्