Kathmandu Press

पाटन अस्पतालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं, साउन २३ : ललितपुरको पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। <

पाटन अस्पतालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं, साउन २३ : ललितपुरको पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। 

कोरोनाको संक्रमणबाट रुपन्देहीको सुनौलीकी ४१ वर्षीया महिला र सर्लाहीका ४५ वर्षीय पुरुषको उपचारका क्रममा शुक्रबार मृत्यु भएको अस्पतालका निर्देशक डा. विष्णु शर्माले जानकारी दिए।

उपचारका क्रममा स्वाब संकलन गरेर कोरोना परीक्षण गर्दा उनीहरुमा कोरोनाको संक्रमण पुष्टि भएको थियो। कोरोनाको संक्रमण पुष्टि भएपछि दुवै जनालाई आइसोलेसनमा राखेर उपचार गरिराखिएको थियो। गत साउन १९ गते अस्पताल भर्ना भएका दुवै जनाको शुक्रबार बिहान मृत्यु भएको डा. शर्माले बताए।

यसअघि पाटन अस्पतालमै बिहीबार साँझ पर्साको वीरगञ्जका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको थियो। सानेपास्थित स्टार अस्पतालबाट रिफर गरिएका ती पुरुषमा मधुमेह र रक्तचापको समस्या थियो।
 

प्रकाशित मिति: १५:२२ बजे, शुक्रबार, साउन २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्