Kathmandu Press

ओम अस्पतालमा मृत्यु भएकी धनुषाकी महिलामा कोरोना संक्रमण पुष्टि 

काठमाडौं, साउन २२ :  काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा निधन भएकी धनुषाकी महिलामा कोरोनाको

ओम अस्पतालमा मृत्यु भएकी धनुषाकी महिलामा कोरोना संक्रमण पुष्टि 
फाइल

काठमाडौं, साउन २२ :  काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा निधन भएकी धनुषाकी महिलामा कोरोनाको संक्रमण पुष्टि भएको छ।

चाबहिलको ओम अस्पतालमा उपचारका क्रममा निधन भएकी धनुषा मिथिला नगरपालिका-१०, लालगढकी ७२ वर्षीया वृद्धामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। 

साउन १७ गते बिहान भर्ना भएकी ती वृद्धाको सोही दिन मध्यान्ह १२ बजे मृत्यु भएको थियो। मृत्यु भएपछि स्वाब संकलन गरेर कोरोना परीक्षणका लागि पठाइएको थियो। बिहीबार आएको कोरोना परीक्षणको रिपोर्टमा ती वृद्धामा कोरोनाको संक्रमण पुष्टि भएको प्रवक्ता गाैतमले बताए।

ती वृद्धा दम, होइपोथाइरोडिजम र उच्च रक्तचापकी बिरामी रहेको प्रवक्ता गाैतमले जानकारी दिए। योसँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ। 

प्रकाशित मिति: १७:३८ बजे, बिहीबार, साउन २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्