Kathmandu Press

कोरोना संक्रमित प्रदेश २ का कानुनमन्त्रीले बालुवाटारमा भेटेका थिए प्रधानमन्त्री ओली

काठमाडौं, साउन २२ : कोरोना भाइरसकाे संक्रमण पुष्टि भएका प्रदेश २ का कानुनमन्त्रीले प्रधानमन्त्री केप

कोरोना संक्रमित प्रदेश २ का कानुनमन्त्रीले बालुवाटारमा भेटेका थिए प्रधानमन्त्री ओली
रासस

काठमाडौं, साउन २२ : कोरोना भाइरसकाे संक्रमण पुष्टि भएका प्रदेश २ का कानुनमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेटेको खुलेको छ।

प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रधानमन्त्री ओली र गुहमन्त्री रामबहादुर थापालाई साउन १७ गते भेटेको खुलेको हो। मन्त्री यादवले बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री, गृहमन्त्रीसहित अन्य उच्च पदस्थ व्यक्तिलाई भेटेको बताए।

उनी बैठक सकेर साउन १९ गते जनकपुर फर्किएका थिए। जनकपुर फर्किए लगत्तै कोरोना परीक्षण गराएका उनको बुधबार राति पोजेटिभ रिपोर्ट आएको छ। रिपोर्ट पोजेटिभ आएपनि कुनै लक्षण नदेखिएको उनले बताए।

यता प्रधानमन्त्री ओलीका सञ्चार विज्ञ रामशरण बजगाईँले संक्रमित मन्त्रीले ओलीलाई भेटेको बताए। तर, प्रधानमन्त्रीको कोरोना परीक्षण भने गरिएको छैन। ‘उहाँ (यादव)ले प्रधानमन्त्रीज्यूलाई अस्ती नै भेट्नु भएको हो,’ उनले भने, ‘प्रधानमन्त्रीज्यूको कोरोना परीक्षण भएको छैन।’

मन्त्री यादवले भने सम्पर्कमा आएकाहरूलाई सर्तक रहन र परीक्षण गर्न आग्रह गरेका छन्।

प्रकाशित मिति: १२:५२ बजे, बिहीबार, साउन २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्