Kathmandu Press

आजदेखि जोरविजोर प्रणाली लागु, राति ९ बजे देखि हिँडडुलमा रोक 

काठमाडौं, साउन २१ : कोरोना भाइरसको जोखिम बढेको भन्दै सरकारले आजदेखि जोरविजोर प्रणाली लागू गरेको छ।&n

आजदेखि जोरविजोर प्रणाली लागु, राति ९ बजे देखि हिँडडुलमा रोक 

काठमाडौं, साउन २१ : कोरोना भाइरसको जोखिम बढेको भन्दै सरकारले आजदेखि जोरविजोर प्रणाली लागू गरेको छ। 

काठमाडौं उपत्यका सहित २ सयभन्दा बढी कोरोना संक्रमित भएको जिल्लामा जोरविजोर प्रणाली लगाउने निर्णय गरेको हो। यस्तै, सरकारले राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा समेत रोक लगाएको छ । 

मन्त्रायलका प्रवक्ता चक्रबहादुर बुढाले जारी गरेको विज्ञप्तीमा उपत्यका प्रवेश गर्ने अत्यावश्यकभन्दा बाहेकका  सवारी साधनलाई बेलुका ७ बजेदखि विहान ७ बजेसम्म रोक लगाउने निर्णयलाई प्रभावकारी बनाउने निर्णय गरिएको उल्लेख छ।

सरकारले गत असार २६ असारबाट निजी सवारी साधनको जोरविजोर हटाएको थियो र उपत्यकामा तीन जिल्ला र बाहिर जिल्लाभित्र लागु हुनेगरी सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएको थियो । तर कोरोना भाइरसको संक्रमण वढ्दै गएपछि सरकारले पुन जोरविजोर प्रणाली लागु गरेको हो । 

प्रकाशित मिति: २१:३३ बजे, बुधबार, साउन २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्