Kathmandu Press

कोरोना संक्रमणबाट काठमाडौंमा एक जनाको मृत्यु

काठमाडौं, साउन २१ :  कोरोना भाइरसको संक्रमणबाट काठमाडौंमा एक जनाको मृत्यु भएको छ। 

कोरोना संक्रमणबाट काठमाडौंमा एक जनाको मृत्यु

काठमाडौं, साउन २१ :  कोरोना भाइरसको संक्रमणबाट काठमाडौंमा एक जनाको मृत्यु भएको छ। 

बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचाररत सर्लाही मलंगवा नगरपालिका–६ की ६५ वर्षीया वृद्धाको बुधबार मृत्यु भएको हो।

साउन १६ गते मनमोहन अस्पतालबाट रिफर भएर सशस्त्र प्रहरी अस्पतालमा भर्ना भएकी ती वृद्धाको बुधबार मध्यान्ह साढे १२ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता एसपी डा. प्रविन नेपालले जानकारी दिए।

ज्वरो आएपछि सुरुमा ती वृद्धा स्वयम्भूस्थित मनमोहन अस्पतालमा भर्ना भएकी थिइन्। तर, ठीक नभएपछि थप उपचारका लागि उनलाई बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल पठाइएको थियो।

कोरोना संक्रमण पुष्टि भएपछि ती वृद्धाको शव व्यवस्थापन गर्ने तयारी नेपाली सेनाले गरिरहेको छ।
 

प्रकाशित मिति: १८:३९ बजे, बुधबार, साउन २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्