Kathmandu Press

पर्सा र बारामा एकैदिन थपिए १३३ जना कोरोना संक्रमित

वीरगञ्ज, साउन २१ :  पर्सा र बारामा एकैदिन १३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

पर्सा र बारामा एकैदिन थपिए १३३ जना कोरोना संक्रमित
फाइल

वीरगञ्ज, साउन २१ :  पर्सा र बारामा एकैदिन १३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 
 
नारायणी अस्पताल, वीरगञ्जमा बुधबार गरिएको परीक्षणमा पर्सा र बाराका १३३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ड डा. मदनकुमार उपाध्यायले जानकारी दिए। 

उनका अनुसार ४ सय ८८ जनाको संकलन गरिएको थियो। तीमध्ये १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए।

उनका अनुसार कोरोनाको संक्रमण पुष्टि भएकाहरु वीरगञ्ज चिनी मिल, वीरगञ्ज कारागार, पर्साको सिमरामा रहेको क्वारेन्टिन लगायतका क्षेत्रका व्यक्तिहरु रहेका छन्। 

प्रकाशित मिति: १५:२२ बजे, बुधबार, साउन २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्