Kathmandu Press

पर्सामा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु 

वीरगञ्ज, साउन २१ : पर्सामा कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ।

कोरोनाको

पर्सामा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु 
फाइल

वीरगञ्ज, साउन २१ : पर्सामा कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ।

कोरोनाको संक्रमणबाट वीरगञ्ज–१५ भिस्वाका ४६ वर्षीय पुरुष र पोखरिया नगरपालिका–९ की १८ वर्षीया युवतीको मृत्यु भएको हो। वीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा भर्ना भएका वीरगञ्ज–१५ का ४६ वर्षीय पुरुषको मंगलबार राति मृत्यु भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिए।

मधुमेह रोगबाट पहिलेदेखि नै ग्रसित ती पुरुषमा साउन १९ गते कोरोना पुष्टि भएको थियो।  कोरोना पुष्टि भएपछि उनी अस्थायी कोभिड अस्पतल वीरगञ्ज हेल्थकेयर कोभिड अस्पतालमा भर्ना भएका थिए। 

अस्पताल ल्याउँदै गर्दा मृत्यु भएकी युवतीमा कोरोना पुष्टि

यस्तै, उपचारका लागि नेश्नल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगञ्ज ल्याउँदै गर्दा बाटोमै मृत्यु भएकी १८ वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ। 

मृत्यु भएपछि ती युवतीको स्वाब संकलन गरिएको थियो। नारायणी अस्पतालको प्रयोगशालामा  मंगलबार राति गरिएको परीक्षणमा ती युवतीमा कोरोना पुष्टि भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. उपाध्यायले जानकारी दिए। 

पर्सामा अहिलेसम्म कोरोनाको संक्रमणबाट पर्सामा १३ जनाको मृत्यु भएको छ।
 

प्रकाशित मिति: १४:४२ बजे, बुधबार, साउन २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्