थप २४६ जनामा कोरोनाको संक्रमण पुष्टि
काठमाडौं, साउन १८ : नेपालमा थप २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

काठमाडौं, साउन १८ : नेपालमा थप २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
आइतबार देशको विभिन्न २७ प्रयोगशालामा गरिएको परीक्षणमा थप २४६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
योसँगै नेपालमा कोरोनाबाट संक्रमितको संख्या २० हजार तीन सय ३२ पुगेको छ। कोरोनाको संक्रमणबाट अहिलेसम्म ५६ जनाको मृत्यु भएको छ, भने संक्रमितमध्ये १४ हजार ६ सय तीन जना निको भएर घर फर्किएका छन्।
प्रवक्ता डा. गौतमका अनुसार आइतबारमात्रै एक सय ११ जना निको भएर अस्पतालबाट घर फर्किएका छन्।
प्रकाशित मिति: १६:२६ बजे, आइतबार, साउन १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











