Kathmandu Press

साक्षी फेर्दै प्रचण्ड ओलीले तोडे संवादहीनता

काठमाडौं, साउन १८ : नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण

साक्षी फेर्दै प्रचण्ड ओलीले तोडे संवादहीनता

काठमाडौं, साउन १८ : नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' बीचको संवादहीनताको अवस्था तोडिएको छ। आइतबार बालुवाटारमा भएको तीन घन्टा लामाे छलफलबाट ओली र प्रचण्डबीच कायम रहेको संवादहीनताको अवस्था तोडिएको हो।

आजको बैठकमा उनीहरुले साक्षी फेरेका छन्। अध्यक्ष ओलीले स्थायी कमिटी सदस्य  सुवासचन्द्र नेम्वाङलाई साक्षी राखेका  थिए, भने प्रचण्डले वरिष्ठ नेता झलनाथ खनाललाई साक्षी राखेका थिए। यसअघिका बैठकमा ओलीका तर्फबाट प्राय महासचिव विष्णु पौडेल र प्रचण्डका तर्फबाट नेता जनार्दन शर्मा साक्षी बस्ने गर्थे।

बालुवाटारको बैठकले स्थायी कमिटी बैठकको मिति भने तोक्न सकेन। गत मंगलबार बसेको बहुमत स्थायी कमिटीको बैठकले दुई अध्यक्षबीचको सहमतिमा आगामी स्थायी कमिटी बैठकको मिति गर्ने निर्णय गरेको थियो। बैठकमा बामदेव गौतमले अघि सारेका ६ बुँदे प्रस्तावमा छलफल भएको र केन्द्रीय कमिटीको बैठक माग भएकाले के गर्ने भन्ने विषयमा दुई अध्यक्षबीच कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 'आजको बैठकले दुई अध्यक्षबीचको संवादहीनताको अवस्था अन्त्य गरेको छ, बैठक सकरात्मक दिशातर्फ उन्मुख छ,' अध्यक्ष प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटाले काठमाडौँ प्रेससँग भने।

दुई अध्यक्षबीच संवाद गराउनका लागि पार्टी महासचिव पौडेलसहित दोस्रो तहका नेताहरु सक्रिय थिए। प्रचण्डले महासचिव पौडेललाई सहमतिको मनसायसहित अध्यक्ष ओली वार्तामा बस्न चाहे आफू तयार रहेको जवाफ पठाएका थिए। प्रधानमन्त्री तथा अध्यक्ष ओलीले छलफलका लागि बिहान बोलाएपछि अध्यक्ष प्रचण्ड बैठकमा वरिष्ठ नेता खनाललाई लिएर पुगेका हुन्।

प्रकाशित मिति: १४:०१ बजे, आइतबार, साउन १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्