Kathmandu Press

वीरगन्जमा थप दुई जनाको कोरोना संक्रमणका कारण निधन

काठमाडौं, साउन १७ : कोरोना भाइरसको गम्भीर असर देखिएको वीरगन्जमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

वीरगन्जमा थप दुई जनाको कोरोना संक्रमणका कारण निधन

काठमाडौं, साउन १७ : कोरोना भाइरसको गम्भीर असर देखिएको वीरगन्जमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। शनिबार मृत्यु हुनेमा एक जना ५० र अर्को ६८ वर्षीया महिला रहेका छन् ।

नारायणी कोरोना अस्थायी अस्पतालका चिकित्सक निरज सिंहका अनुसार दुवै महिला वीरगन्ज १६ निवासी हुन्। ५० वर्षीया महिलाको भने शुक्रबारै वीरगन्जस्थित बयोधा अस्पतालमा बिहान १० बजे निधन भएको थियो। पछि पिसिआर नतिजा आउँदा उनमा संक्रमण पोजेटिभ देखिएको हो।

अर्की ६८ वर्षीया महिलालाई पनि त्यही अस्पतालले शनिबार बिहान गण्डक अस्पताल रिफर गरेको थियो। डा।.सिंहले दुवै महिलामा निमोनियाको समस्या रहेको जनाए।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ।

प्रकाशित मिति: २३:३१ बजे, शनिबार, साउन १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्