Kathmandu Press

राप्रपाका नेता सुनिल थापा कांग्रेस प्रवेश

काठमाडौं, साउन १३ : राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका सुनिलबहादुर थापा नेपाली कांग्रेस प्र

राप्रपाका नेता सुनिल थापा कांग्रेस प्रवेश

काठमाडौं, साउन १३ : राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका सुनिलबहादुर थापा नेपाली कांग्रेस प्रवेश गरेका छन्। मंगलबार कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा थापासहितका नेता कांग्रेस प्रवेश गरेका हुन्। 

थापासहितका करिब तीन दर्जन नेताले शनिबार राप्रपा परित्यागको घोषणा गरेका थिए।

थापा राप्रपा संस्थापक तथा पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन्। उनी यसअघि राप्रपा संयुक्तका महामन्त्री थिए। उनी पछिल्लो पटक भएको राप्रपा र राप्रपा संयुक्तबीचको एकतापछि असन्तुष्ट रहँदै आएका थिए। 

उनी २०७४ सालमा कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा वाणिज्य तथा आपूर्ती मन्त्रीसमेत बनेका थिए।

प्रकाशित मिति: १६:४८ बजे, मंगलबार, साउन १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्