Kathmandu Press

प्रहरी मुख्यालयका थप २३ जना प्रहरीमा कोरोना संक्रमण

काठमाडौं, साउन १३ :  नेपाल प्रहरीको मुख्यालय, नक्सालमा कार्यरत थप २३ जना प्रहरीमा कोरोना भाइरसक

प्रहरी मुख्यालयका थप २३ जना प्रहरीमा कोरोना संक्रमण

काठमाडौं, साउन १३ :  नेपाल प्रहरीको मुख्यालय, नक्सालमा कार्यरत थप २३ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

मंगलबार गरिएको परीक्षणमा मुख्यालयमा कार्यरत थप २३ जना प्रहरीमा कोरोनाको संक्रमण पुष्टि भएको हो।

संक्रमण पुष्टि भएपछि संक्रमित प्रहरीलाई सशस्त्र प्रहरीको बलम्बु अस्पतालमा पठाउने तयारी भइरहेको प्रहरी डीआईजी एवं प्रवक्ता निरजबहादुर शाहीले जानकारी दिए।

यसअघि आइतबार गरिएको परीक्षणमा मुख्यालयमा कार्यरत चार जना प्रहरीमा कोरोनाको संक्रमण पुष्टि भएको थियो। 

प्रकाशित मिति: १५:०० बजे, मंगलबार, साउन १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्