Kathmandu Press

स्याङ्जामा १८ जना प्रहरीमा कोरोनाको संक्रमण पुष्टि

वालिङ, साउन १२ : स्याङ्जाका जिल्ला प्रहरी प्रमुख (एसपी) सहित १८ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण

स्याङ्जामा १८ जना प्रहरीमा कोरोनाको संक्रमण पुष्टि

वालिङ, साउन १२ : स्याङ्जाका जिल्ला प्रहरी प्रमुख (एसपी) सहित १८ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

प्रादेशिक प्रयोगशाला पोखरामा सोमबार गरिएको परीक्षणमा स्याङ्जाका प्रहरी प्रमुख (एसपी) विमलराज कँडेलसहित १८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो। स्वाब संकलन गरेर पठाइएकामध्ये ३५ जनाको रिपोर्ट आउँदा १८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए।

उनका अनुसार गत साउन ७ र ८ गते जिल्ला प्रहरी कार्यालयमा कार्यरत एसपीसहित ९८ जना प्रहरीको स्वाब संकलन गरेर कोरोना परीक्षणका लागि नमूना पोखरा पठाइएको थियो। तीमध्ये ३५ जनाको सोमबार रिपोर्ट आएको हो। 

कोरोनाको संक्रमण पुष्टि भएका प्रहरीलाई कालिका सामुदायिक अस्पताल र क्वारेनडाँडाको आइसोलेसनमा पठाइएको डीएसपी अधिकारीले जानकारी दिए। उनका अनुसार एपसी कँडेल भने होम क्वारेन्टाइनमा बसेका छन्। 

यसअघि साउन ६ गते जिल्ला प्रहरी कार्यालयकै तीन जना प्रहरीमा कोरोना पुष्टि भएको थियो।
 

प्रकाशित मिति: १८:०६ बजे, सोमबार, साउन १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्