Kathmandu Press

कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु, मृतकको संख्या ४८ पुग्यो

काठमाडौं, साउन १२ :  नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ। 

कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु, मृतकको संख्या ४८ पुग्यो

काठमाडौं, साउन १२ :  नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ। 

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाको संक्रमणबाट थप तीन जनाको मृत्यु भएको जानकारी दिए। 

कोरोनाको संक्रमणबाट पर्साको वीरगञ्ज महानगरपालिका–१० का ६५ वर्षीय पुरूष, धनुषा सहिदनगर नगरपालिका–८ डुमरियाका ३६ वर्षीय पुरुष र बाराको फेटा गाउँपालिका-३ का ६० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको प्रवक्ता गौतमले बताए। 

उनका अनुसार वीरगञ्जका ६५ वर्षीय भारतीय नागरिकको वीरगञ्जस्थित गण्डक अस्थायी कोभिड अस्पताल र धनुषाका ३६ वर्षीय पुरुषको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाँदै गर्दा साउन ११ गते मृत्यु भएको हो भने बाराको फेटा गाउँपालिका-३ का ६० वर्षीय पुरुषको सोमबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो। 

योसँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ। 
 

प्रकाशित मिति: १६:३६ बजे, सोमबार, साउन १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्