Kathmandu Press

थप १३९ जनामा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं, साउन १२ :  नेपालमा थप १३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

थप १३९ जनामा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं, साउन १२ :  नेपालमा थप १३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

सोमबार विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप १३९  जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

योसँगै कोरोनाबाट संक्रमित हुनेको संख्या १८ हजार ७५२ पुगेको छ भने अहिलेसम्म निको भएर १३ हजार ७५४ जना डिस्चार्ज भएका छन्। 

प्रवक्ता गौतमका अनुसार सोमबारमात्रै ६२६ जना कोरोनालाई जितेर घर फर्किएका छन्।
 

प्रकाशित मिति: १६:२३ बजे, सोमबार, साउन १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्