Kathmandu Press

गुट फेर्ने डरले नेता कस्दै माधव-प्रचण्ड

काठमाडाैं, साउन १२ : नेपाल कम्युनिष्ट पार्टी (नेकपाका)अध्यक्ष केपी ओलीसँग मतभेद बढ्दै गएपछि उनल

गुट फेर्ने डरले नेता कस्दै माधव-प्रचण्ड

काठमाडाैं, साउन १२ : नेपाल कम्युनिष्ट पार्टी (नेकपाका)अध्यक्ष केपी ओलीसँग मतभेद बढ्दै गएपछि उनलाई अल्पमतमा पार्न अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल सक्रिय बनेका छन्। उनीहरुले आफू इतरका नेताहरुसँग पक्षधरतामा अडिग रहन निर्देशन दिएका छन्।
 
अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालले आफू इतरका स्थायी कमिटी सदस्यहरुसँग छलफल गरी आवश्यक परेमा बहुमतबाट निर्णय लिनुपर्ने प्रष्टीकरण दिइसकेका छन्। गत साता उनले ती स्थायी कमिटी सदस्यहरुलाई बोलाएर एकमत रहन निर्देशन दिएको स्थायी कमिटी सदस्य मात्रिका यादवले बताए।'पूर्व माओवादीका सदस्य कोही यता कोही उता जस्तो देखियो तपाइँहरु एकमत हनुहोस्,' प्रचण्डको निर्देशन स्मरण गर्दै यादवले काठमाडौं प्रेससँग भने।

माओवादी खेमाका १९ स्थायी कमिटी सदस्य छन्। गत साताको भेलामा रामबहादुर थापा बादल र लेखराज भट्ट उपस्थित भएका थिएनन्। लेखराज भट्टले माओवादी गुट छाडेको भन्दै प्रचण्डले उनीप्रति आक्रोश व्यक्त गरेका छन्। खुमलटारमा आइतबार छलफलका लागि बोलाएर प्रचण्डले गुट परिवर्तन गरेको भन्दै आक्रोश व्यक्त गरेको नेता भट्टले बताए।'अध्यक्ष प्रचण्डले म प्रति रहेको केही असन्तुष्टि व्यक्त गर्नुभयो,' भट्टले काठमाडौं प्रेससँग भने।

Hardik ivf

भेटमा प्रचण्डले जनयुद्धदेखि हालसम्म भट्टलाई विश्वास गर्दै प्रमुख जिम्मेवारी दिँदै आएको र अहिले अर्कोतर्फ लाग्दा दुख लागेको कुरा छलफलमा बताएका  थिए। उनलाई कित्ता क्लियर गर्न प्रचण्डले निर्देशन दिएका थिए। यस्तै स्थायी कमिटी सदस्य जनार्दन शर्माले पनि गुट फेरेको हल्ला चलेपछि प्रचण्डको सचिवालयले उनी पूर्ववत् खेमामै रहेको प्रष्टीकरणसहित विज्ञप्तीनै जारी गरेका थिए।

खुमलटारमा  आइतबार सुदुरपश्चिम क्षेत्रका नेताहरुसँग छलफल गर्दै प्रचण्डले प्रधानमन्त्री ओलीको दम्म असह्य हुँदै गएकाले बहुमतबाट निर्णयमा पुग्नुपर्ने अवस्था आउनसक्ने बताएका  छन्। 'ओलीजीमा अत्यन्त आत्मकेन्द्रित, चरम व्यक्तिवादी प्रवृत्ति देखियो। आफैं सर्वेसर्वा मैं हुँ भन्ने मनोवृत्ति पनि देखियो, सहयोद्धाहरूको मानमर्दन गर्ने, ममात्रै विशिष्ट हुँ भन्ने चिन्तन हावी भयो उहाँको दम्भ असह्य भयो बहुमतबाट निर्णय लिने अवस्था आउन सक्छ,'प्रचण्डको भनाई उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने।

प्रचण्डले माओवादी इतरका नेताबीच एकता कायम हुनुपर्ने विषयमा बारम्बार ध्यानाकर्षण गराइरहेको स्थायी कमिटी सदस्य हरिबोल गजुरेल बताउँछन्। 'पार्टीभित्र भएका मतभिन्नता बारे संघर्षका लागि माओवादी इतरका नेताबीच मत ऐक्यता हुनुपर्ने अडानमा अध्यक्ष प्रचण्ड हुनुहुन्छ उहाँले बारम्बार एकढिक्का हुन निर्देशन दिइरहनुभएको छ,' गजुरेलले भने।

प्रचण्डले यो प्रस्ताव गर्नुअघि वरिष्ठ नेता नेपालले पार्टीलाई विधिबाट चलाउन बहुमतबाटै निर्णय लिनुपर्ने अवस्था आउने सार्वजनिक रुपमै भनेका छन्। शुक्रबार पुष्पलाल श्रेष्ठको स्मृति कार्यक्रममा बोल्दै उनले कसैको दास भएर पार्टीमा बस्न नसकिने तर्क गर्दै आवश्यक परे बहुमतबाट निर्णय लिनुपर्ने बताएका थिए।'पार्टीमा व्यक्तिवादी प्रवृत्तिको अन्त्य हुनैपर्छ कसैको दास भएर पार्टीमा बस्न सकिँदैन विधिमा चलाउन आवश्यक परे बहमुतबाट निर्णयमा पुग्नुपर्छ,' उनले भनेका थिए।

नेता नेपालले पनि आफू इतरका ११ स्थायी कमिटी सदस्यसँग निरन्तर संवाद गरिरहेका छन्। पार्टीमा अध्यक्ष ओलीको स्वेच्छाचारिता रोक्न विधिका पक्षमा आवाज उठाउनेहरु एकतावद्ध हुनुपर्ने उनको मत छ।'पार्टीलाई विधिमा चलाउनेहरु एकतावद्ध हुनुपर्छ भन्ने नेता नेपालको मत छ आवश्यकता परेको अवस्थामा मात्रै बहुमतको आधारमा निर्णय लिनुपर्ने  उहाँको मनस्थिति छ,' स्थायी कमिटी सदस्य अष्ट लक्ष्मी शाक्यले भनिन्।

मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव आएपछि नेकपामा महाधिवेशन केन्द्रित राजनीति सुरु भइसकेको छ। माधव र प्रचण्ड गठबन्धनले वैचारिक विषयमा सहमति जुटाएर महाधिवेशनका लागि पद बाँडफाँड गर्ने गृहकार्य पनि सुरु गरिसकेका छन्। अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुले महाधिवेशनमा जाँदा लैजाने वैचारिक दस्तावेजका आन्तरिक छलफललाई तीव्र बनाइरहेका छन्।

प्रकाशित मिति: ०८:५२ बजे, सोमबार, साउन १२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्