उपत्यकामा खानेपानीको आपूर्ति सहज बनाउन सरकार गम्भीर: मन्त्री मगर
काठमाडौं, वैशाख ५ : खानेपानी मन्त्री बिना मगरले काठमाडौं उपत्यकामा खानेपानीको समस्या हल गर्न योजनाबद्ध ढंगले लागिरहेको बताएकी छिन्।
 ....

काठमाडौं, वैशाख ५ : खानेपानी मन्त्री बिना मगरले काठमाडौं उपत्यकामा खानेपानीको समस्या हल गर्न योजनाबद्ध ढंगले लागिरहेको बताएकी छिन्।
काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड) को १४ औं वार्षिकोत्सव समारोहलाई बिहीबार सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले उपत्यकामा खानेपानीको आपूर्ति व्यवस्था सहज बनाउन गम्भीर भएर लागेको बताएकी हुन्।
मन्त्री मगरले भनिन्,‘मेलम्चीको समस्या धेरै दिन रहँदैन। काठमाडौंमा मेलम्चीको पानी ल्याउने मात्रै ठूलो कुरा होइन। यसको वितरण र व्यवस्थापन गर्नुपर्ने सबैभन्दा ठूलो चुनौती छ। त्यसका लागि मन्त्रालय अन्तर्गतको बोर्ड, केयुकेएल र आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) लगायतका निकायहरु लागिरहेका छन्।’
जनताको अपेक्षा धेरै भएकाले सबै जनतालाई प्रशोधन सहित खानेपानीको पहुँच पुर्याउन मन्त्रालय योजनाबद्ध ढंगले अघि बढिरहेको उनले बताइन्। भ्याली बोर्डले गरेको काम प्रति प्रशंसा गर्दै मन्त्री मगरले बोर्डलाई अझ सशक्त ढंगले अघि बढ्न निर्देशन समेत दिइन्।










