Kathmandu Press

  शैक्षिक संस्था, सिनेमा हल, डान्स बारलगायतका केही क्षेत्रमा प्रतिवन्ध बाहेक लकडाउन खुल्यो

काठमाडौं, साउन ६ : सरकारले १ सय २० दिन लामो लकडाउन मंगलबार मध्यरातदेखि केही बाहेक अन्त्य गरेको छ।&nb

  शैक्षिक संस्था, सिनेमा हल, डान्स बारलगायतका केही क्षेत्रमा प्रतिवन्ध बाहेक लकडाउन खुल्यो

काठमाडौं, साउन ६ : सरकारले १ सय २० दिन लामो लकडाउन मंगलबार मध्यरातदेखि केही बाहेक अन्त्य गरेको छ। 

सोमबार बसेको मन्त्रिपरिषद्को वैठकले चैत ११ गतेदेखि जारी लकडाउन साउन ६ अर्थात मंगलबार मध्यरातदेखि अधिकांश क्षेत्र खुला रहेनेगरी अन्त्य गर्ने निर्णय गरेको हो।

सरकारले कोरोन भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका चैत ११ गतेदेखि लकडाउन गरेको थियो । एक महिना अघि लकडाउनलाई केही खुकुलो बनाउदै अन्तरजिल्ला यातयात र सरकारी कार्यालय र पसलहरु खोल्ने निर्णय गरेको थियो। म्याद पटक पटक थपेर जेठ २६ सम्म पूर्ण रुपमा कायम रहेको थियो। 

मंगलबार मध्यरातबाट लकडाउन पूर्ण रुपमा हटेको सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा। युवराज खतिवडाले जानकारी दिए ।

तर पनि सरकारले शैक्षिक संस्था, सभा गोष्ठी, प्रदर्शन भेला र सम्मेलन, सिनेमा हल, डान्स बारलगायतका मनोरञ्जन स्थल, सैलुन, व्यूटी पार्लर, जिमखाना, हेल्थ क्लब, समूहमा खेलिने खेल, धार्मिक स्थलहरु, पुस्तकालय, संग्राहलयहरु र चिडिया खाना भने अझै खुल्ने छैनन् ।

सरकारले होटल तथा रेष्टुरेन्टहरु साउन १५ बाट खुला गर्न अनुमति दिएको छ भने भदौ १ गतेबाट विद्यार्थी भर्ना र परीक्षा लगायतका गतिविधि गर्न छुट दिने भएको छ। आन्तरिक तथा अन्तराष्ट्रिय हवाई उडान तथा मध्यम र लामो दुरीका अन्तरजिल्ला यातायात भदौ १ गतेबाट खुला हुनेछ । अन्तर्राष्ट्रिय खेलका प्रशिक्षण र प्रारम्भिक खेलहरु पनि भदौ १ गतेबाट गर्न सकिने सरकारले जनाएको छ। 
 

प्रकाशित मिति: २०:०१ बजे, मंगलबार, साउन ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्