Kathmandu Press

प्रधानमन्त्री अनुपस्थित भएपछि स्थायी कमिटी बैठक फेरि स्थगित

काठमाडौं, साउन ६ : प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित

प्रधानमन्त्री अनुपस्थित भएपछि स्थायी कमिटी बैठक फेरि स्थगित

काठमाडौं, साउन ६ : प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि आज पनि स्थायी कमिटी बैठक स्थगित भएको छ। प्रधानमन्त्री निवास वालुवाटारमा दिउँसो १ बजेको लागि बोलाइएको बैठक २० मिनेट बसेर स्थगित भएको हो।

आजकाे बैठक प्रधानमन्त्रीकाे अनुपस्थितपछि स्थगित भएकाे स्थायी कमिटी सदस्य गाेकर्ण बिष्टले जानकारी  दिए।

बैठक साउन १३ गतेसम्मका लागि स्थगित भएको छ। यसअघि पनि सातपटक बैठक स्थगित भइसकेको छ। पटक पटक बैठक स्थगित हुँदा तय भएका एजेण्डामा छलफल हुन सकेको छैन।  साउन १० गते बसेको स्थायी कमिटी बैठकले छलफलका लागि सात एजेण्डा तय गरेको थियो। 

१. वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा अध्यक्षद्वयको सम्बोधन
२. कोभिड–१९ को नियन्त्रण, रोकथाम र उपचार
३. नेपालको सीमा समस्या र समाधान
४. सरकारको कामको समग्र समिक्षा
५. पार्टी कामको समिक्षा र सांगठनिक एकताको बाँकी कामहरू सम्पन्न गर्ने
६. एमसीसी
७. विविध

स्थायी कमिटी बैठक यी एजेण्डाबाट बिमुख हुँदै आएकाे छ।

प्रकाशित मिति: १४:०३ बजे, मंगलबार, साउन ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्