भदौ १ गतेदेखि आन्तरिक उडान खुलाइने, लकडाउन अझै खुकुलो हुने
काठमाडौं, साउन ५ : सरकारले भदौ १ गतेदेखि आन्तरिक हवाई उडान खुलाइने भएको छ।
सोमबार बसेको मन

काठमाडौं, साउन ५ : सरकारले भदौ १ गतेदेखि आन्तरिक हवाई उडान खुलाइने भएको छ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले भदौ १ गतेदेखि आन्तरिक उडान खुलाउनका लागि गृहकार्य गर्न पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई निर्देशन दिएको छ ।
कोरोनाभाइरसका कारण गत चैत ११ गतदेखि आन्तरिक उडान बन्दै आएको आएको छ । सरकारले कोरोनाको सुरक्षाका उपाय अपनाई भदौदेखि हवाई उडान सञ्चालन गर्ने निर्णय भएको हो ।
त्यस्तै अहिलेको लकडाउनलाई अझै खुकुलो बनाइने निर्णय पनि सरकारले गरेको छ। सरकारले घोषणा गरेको लकडाउन साउन ७ गते सकिँदैछ।
७ गतेपछि लकडाउनको नयाँ स्वरुप कस्तो हुन्छ भन्ने विस्तृत विवरण भने सरकारले सार्वजनिक गरेका छैन। साउन ८ देखि सिनेमा घर, लामो दुरीका सवारीसाधन, कलेज, विद्यालय लगायत सीमित केही क्षेत्रलाई बन्द गरी अन्य उद्योग, व्यापार, व्यवसाय सञ्चालनमा थप सहजता मिलाइने जनाइएको छ।




-1792226847.jpeg)





-1792226847.jpeg)
