प्रचण्डको निचोड : मंसिरमा महाधिवेशन असम्भव, ओलीसँगको समझदारी निर्विकल्प
काठमाडाैं, साउन ५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्ष केपी

काठमाडाैं, साउन ५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्ष केपी शर्मा ओलीसँगको सहकार्य निर्विकल्प रहेको निचोडमा पुगेका छन्।
सोमबार खुमलटारमा पूर्वमाओवादी खेमाका स्थायी कमिटी सदस्यसँग छलफल गर्दै उनले आफ्नो निष्कर्ष सुनाएका हुन्। बैठकमा उनले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव असम्भव रहेको भन्दै ओलीसँग समझदारी कायम गरी अघि बढ्नुको विकल्प नभएको बताएका हुन्।
नेकपालाई विभाजनबाट जोगाउन ओलीसँग समझदारी कायम गरी अघि बढ्नुको विकल्प नरहेको बिफ्रिङ बैठकमा प्रचण्डले गरेका थिए। असमझदारी ओलीसँगै रहेकाले अन्तिममा उनीसँगै सहमति गर्नु पर्ने प्रचण्डको मत रहेको बैठकमा सहभागी स्थायी कमिटी सदस्य लिलामणी पौडेलले बताए।
'कि पार्टी फुटमा चित्त बुझाउनुपर्यो। कि त विभाजन रोक्नुपर्यो। झगडा ओलीजीसँगै भएकाले उहाँसँगै बसेर सहमति गर्नुको विकल्प छैन,' प्रचण्डको भनाइ उदृत गर्दै पौडेलले काठमाडाैंप्रेससँग भने।
वैचारिक बहस, सांगठनिक संरचना निर्माण लगायतमा समय नपुग्ने भएकाले मंसिरमा महाधिवेशन असम्भव रहेको धारणा प्रचण्डले राखेका थिए। यस्तै, उनले प्रधानमन्त्री ओलीसँग महाधिवेशनको विषयमा आफूले कुनै सहमति नगरेको कुरा दोहोर्याएका थिए।
बैठकमा सहभागी नेताहरुले पार्टी विभाजनको स्थिति आउन नदिन प्रचण्डलाई सुझाएका थिए। यस्तै, विवादित विषयको छिनोफानो शीर्ष नेतृत्वले गर्न नसकेकाले केन्द्रिय कमिटी बैठक यथाशीघ्र बोलाउनुपर्ने सुझाव नेताहरुले प्रचण्डलाई दिएको स्थायी कमिटी सदस्य पम्फा भुषालले जानकारी दिइन्।
'हामीले स्थायी कमिटी बैठकमा विवादित विषयबारे प्रस्ताव तयार गरेर केन्द्रिय कमिटीको बैठक बोलाउन सुझाव दियौँ, ' उनले भनिन्,' सांगठनिक समाधानका लागि मात्रै महाधिवेशन आवश्यक नभएकाले त्यसमा हतार नगर्न हाम्रो सुझाव थियो।'
प्रचण्डले यसअघि आइतबार खुमलटारमै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेताहरुलाई पनि प्रधानमन्त्री ओलीसँगको कुराकानीबारे ब्रिफिङ गरेका थिए।




-1792226847.jpeg)





-1792226847.jpeg)
