Kathmandu Press

प्रचण्डको स्पष्टिकरण- गठबन्धन भत्किँदैन ढुक्क हुनुहोस्

काठमाडाैं, साउन ४ :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ

प्रचण्डको स्पष्टिकरण- गठबन्धन भत्किँदैन ढुक्क हुनुहोस्

काठमाडाैं, साउन ४ :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ नेता माधव कुमार नेपालसँगको गठबन्धन कायम रहेन प्रष्ट पारेका छन्। 

आइतबार बिहान खुमलटारमा भएको भेलामा ब्रिफिङ गर्दै अध्यक्ष प्रचण्डले हालको गठबन्धन भत्कनेमा कुनै संशय नराख्न नेताहरुलाई आग्रह गरेका हुन्।

 बैठकमा नेता नेपालले मंसिरमा महाधिवेशन गर्ने प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा सकरात्मक जनाउ दिँदा गठबन्धनको भविष्य के हुने भन्ने शंका व्यक्त गरेका थिए। 

जवाफमा प्रचण्डले अध्यक्ष ओलीको प्रस्तावमा आफ्नो कुनै समर्थन नरहेको र हालको गठबन्धन कुनै हालतमा नभत्किने स्पष्ट पारेको बैठकमा सहभागी स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी दिए।

'मेरो पोजिसन पहिले जे थियो अहिले पनि त्यही नै हो। म दायाँबायाँ लागेको छैन। तपाईंहरु निर्धक्क हुनुस्,' प्रचण्डको भनाइ उदृत गर्दै पन्तले भने।

बैठकमा नेता झलनाथ खनालले ओलीले अघि सारेको अर्ली महाधिवेशनबारे प्रचण्डको पोजिसन प्रष्ट पार्न माग गरेका थिए। 'सचिवालय बैठकमा महाधिवेशनको प्रस्ताव आउँदा तपाईं मौन रहनुभयो त्यो प्रस्तावमा तपाईं सहमत हुनुभएको हो?,' प्रचण्डलाई नेता खनालको प्रश्न थियो।

जवाफमा प्रचण्डले  आफू परिबन्धमा परेको भन्दै अर्ली महाधिवेशनका विषयमा कुनै सहमति नभएको प्रष्ट पारेका थिए। 'महाधिवेशन अहिले हुने सम्भावना छैन। त्यसमा मेरो कुनै समर्थन छैन। त्यो प्रस्ताव अल्मल्याउने प्रस्ताव मात्रै हो,' प्रचण्डको भनाइ उदृत गर्दै स्थायी कमिटी सदस्य गोकर्ण विष्टले भने।

बैठकमा प्रचण्डले आफू परिबन्धमा परेर राष्ट्रपति कार्यालय पुगेको समेत स्पष्ट पारेका थिए।

छलफलमा उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादल अनुपस्थित थिए। प्रचण्ड निवासमा भएको छलफलमा वरिष्ठ नेताद्वय नेपाल र खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्यहरु  युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीमबहादुर रावल, गोकर्ण विष्ट, रघुजी पन्त, वर्षमान पुन लगायत नेताहरु सहभागी थिए।
 

प्रकाशित मिति: १६:११ बजे, आइतबार, साउन ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्