Kathmandu Press

ओलीले भने- मेरो विकल्पमा प्रधानमन्त्रीका लागि अर्को नाम ल्याउनुस्

काठमाडाैं, साउन ३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रधा

ओलीले भने- मेरो विकल्पमा प्रधानमन्त्रीका लागि अर्को नाम ल्याउनुस्

काठमाडाैं, साउन ३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदमा आफ्नो विकल्पमा कसलाई ल्याउन खोजेको प्रष्ट पार्न भनेका छन्।

शनिबार बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीबाट आफूलाई हटाएर कसलाई ल्याउन खोजेको हो त्योबारे स्पष्ट धारणा पेश गर्न सचिवालय बैठकमा भनेका हुन्।

'प्रधानमन्त्रीबाट मलाई हटाउन खोजेर कसलाई ल्याउन खोज्दै हुनुहुन्छ तपाईंहरुले स्पष्ट रुपमा बताउनुस्,'प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै नेकपाका एक सचिवालय सदस्यले भने।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने माग राखेपछि प्रधानमन्त्री ओली आक्रोशित भएका थिए। प्रधानमन्त्रीको राजीनामाको विषयमै बैठक केन्द्रित भएपछि सचिवालय बैठक समेत केही सहमति जुटाउन सकेन।

पार्टीमा असन्तुष्ट नेताहरुको उपयुक्त समायोजन र अध्यक्षद्वयको उचित व्यवस्थापनको खाका बैठकले तय गर्ने अपेक्षा गरिएको थियो। 'आजको बैठकमा पार्टीको आन्तरिक संकटलाई सहमतिको आधारमा सम्बोधन गर्नेबारे केन्द्रित भयो बैठकले केही निष्कर्ष निकाल्न सकेन,' प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले भने।

सचिवालयका ९ सदस्यबाट विवाद निरुपण नभएपछि आइतबारका लागि बोलाइएको स्थायी कमिटी छलफलमा बृहत बहस हुने नेता श्रेष्ठले बताए। स्थायी कमिटी बैठक स्थगित नहुने उनको दाबी थियो।

प्रकाशित मिति: १९:४८ बजे, शनिबार, साउन ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्