Kathmandu Press

पूर्वी नेपालका सर्पदंश उपचार केन्द्रमा भारतीय बिरामी बढ्दो, चिकित्सक भन्छन्-मानवताको सीमा हुँदैन

भारतीय नागरिक सोनिया जबर चिया बगानमा काम गर्दैगर्दा सर्पले डस्यो। चियाबगानदेखि ३० मिनेटको दूरीमा नक्सालबारीमा हस्पिटल

पूर्वी नेपालका सर्पदंश उपचार केन्द्रमा भारतीय बिरामी बढ्दो, चिकित्सक भन्छन्-मानवताको सीमा हुँदैन

भारतीय नागरिक सोनिया जबर चिया बगानमा काम गर्दैगर्दा सर्पले डस्यो। चियाबगानदेखि ३० मिनेटको दूरीमा नक्सालबारीमा हस्पिटल थियो। तर उनका श्रीमानले सोनियालाई १५ किलोमिटर पर रहेको चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा लिएर गए।

सोनियालाई चारआली पुर्‍याउन उनका श्रीमानलाई ४५ मिनेट लाग्यो। तर उपचार केन्द्रमा पुगेर औषधोपचार गरेपछि त्यही साँझ पूर्णरुपमा ठीक भएको सोनिया स्मरण गर्छिन्।‘श्रीमानले चारआली नपुर्‍याएको भए मेरो जीवन के पो हुन्थ्यो चारआलीको उपचारले मलाई बचायो,’ उनले भनिन्।

उत्तरी बेगल क्षेत्रका भातरीय नागरिक सर्पदंशको उपचार गर्न मेची पुल पार गरेर चारआलीनै पुग्ने गरेका छन्। ‘सीमा सुरक्षामा तैनाथ प्रहरीले चलानी बनाएर पठाउँछन्, धेरै गाडी भएको अवस्थामा कहिलेकाहीँ ढिला हुने गरेपनि सामान्यतया उपचारका लागि जाने नागरिकलाई प्रहरीले प्राथामिकता दिने गरेका छन्,’ नक्सालबारीमा सर्पबारे अनुसन्धान गरिरहेका २४ वर्षीय राजिव शाहले भने।

सर्पदंशको उपचारका लागि विशेष सेवा सबै अस्पतालमा उपलब्ध नहुँदा भारतीय नागरिकलाई समेत चारआली आउनुपर्ने बाध्यता छ।‘सर्पदंशको उचार केन्द्र भारतीय सहरमा मात्र केन्द्रित भएकाले भारतीय नागरिक सीमानानजिक नेपालमै उपचार गर्न आउँछन्,’ सर्पदंशबारे २२ वर्षदेखि अनुसन्धान गर्दै आएका डाक्टर सञ्जीव कुमार शर्मा बताउँछन्।

पूर्व क्षेत्रमा सर्पदंशको घटना बढेपछि १७ वर्षअघि सरकारले चारआलीमा उपचार केन्द्र बनाएको थियो। उपचार केन्द्रले करिब दुई दशकको इतिहास बोकेकाले पनि त्यहाँको उपचारमा भारतीय नागरिकहरुले समेत विश्वास राख्छन्। ३५ वर्षअघि ताराबारीमा सर्पदंशका कारण हेमलाल भुजेनले आफ्ना दाइ गुमाएका थिए। तीन वर्षअघि उनलाई पनि सर्पले डस्यो। चारआली पुगेकैले आफूले पुर्नजन्म पाएको भुजेन बताउँछन्।

‘मलाई गोमन सर्पले डसेको थियो अचेत मलाई गाउँलेले चारआली उपचार केन्द्रमा उपचार गराएपछि बाँचे,’ उनी भन्छन्।

हेमलाललाई पूर्णरुपमा निको हुन भने पाँच दिन लागेको थियो। पाँच दिन अस्पताल बसाइ र उपचारका लागि १० हजार रुपैयाँ खर्च भएको उनी बताउँछन्।‘चारआलीको उपचार एकदम राम्रो थियो म भारतकै सहरमा उपचारका लागि पुगेको भए मेरो ज्यानै जान सक्थ्यो,’ उपचारले ज्यान बाँचेको खुशी हमेलालको मुहारमा झल्किएको थियो।

सर्पदंशको बिरामीलाई समय निकै महत्वपूर्ण हुन्छ। सर्पको विषले प्यारालाइसिस हुने र श्वासप्रश्वासमा असर गर्ने भएकाले सर्पले डसेको एक घन्टाभित्र बिरामीलाई अस्पतालमा पुर्‍याउनुपर्ने डाक्टर सञ्जिव कुमार शर्मा बताउँछन्।

‘गोमन सर्पले बिहानै वा  साँझपख आक्रमण गर्छ भने करेतले रातिमात्रै आक्रमण गर्छ। करेतको टोकाइ महसुस हुँदैन। सर्पले टोकेको अवस्थामा कुन सर्पले आक्रमण गरेको हो भन्ने निधो समयमै भयो भने उपचारका लागि सजिलो हुन्छ सर्पले डसेको ३० मिनेटदेखि एक घन्टाभित्र उपचार गरिहाल्नुपर्छ,’ शर्माले भने।

नेपालमा सर्पदंशको उपचारका लागि ८४ वटा केन्द्र स्थापना गरिएको छ। नेपालको पूर्वतर्फको सीमामा पर्ने बिहार बंगलाका नागरिकहरु चारआली र दमक पुगेर उपचार गराउँछन्। दमकमा रहेको उपचारकेन्द्र २३ वर्ष पुरानो हो।

‘बिहारस्थित किसानगञ्जका मानिस उपचारका लागि दमक आउँछन्। हाम्रो उपचारमा उनीहरुलाई पूर्ण भरोसा छ,’सर्पदंश उपचार केन्द्रमा कार्यरत खेमचन्द्र अधिकारी भन्छन्।

दमकमा सर्पदंशको उपचार खर्च २२ सय ५० नेपाली रुपैयाँ तोकिएको छ। सर्पदंशको उपचारका लागि चाहिने एन्टिभेन नेपाल सरकारले निशुल्क उपलब्ध गराउने भएकाले उपचार खर्च सस्तो भएको हो।

यद्यपी निम्न वर्गीय मजदुरलाई भने उपचार केन्द्रले कुनै शुल्क लिँदैन। दमकको सर्पदंश उपचार केन्द्रमा संग्रहालय पनि छ। त्यहाँ १६ किसिमका सर्प राखिएका छन्। सर्पदंशका बिरामीलाई कुन सर्पले टोकेको हो एकिन गराउन सहयोगी हुने भएकाले सर्पको संग्रह गरिएको केन्द्रले जनाएको छ। 

'विषादीको असर हेरेर हामी उपचार गर्छौँ। यद्यपी सर्पको प्रजाति र उनीहरुको विषको असरबारे सर्वसाधारणले समेत जानकारी राख्न आवश्यक छ,'' चिकित्सक खेमचन्द्र अधिकारीले भने।

चारआली र दमकको सर्पदंश उपचार केन्द्रमा गरी गत वर्षमात्रै एक हजार भारतीय नागरिकले उपचार लिएका थिए। स्वेदशीसँगै भारतीय नागरिकहरुको समेत चाप बढ्न थालेपछि केन्द्रमा भेन्टिलेटर सेवा समेत विस्तार गर्न लागिएको छ।

विश्व स्वास्थ्य संगठनले सन् २०१७ मा सार्वजनिक गरेको अध्ययन अनुसार सर्पदंशबाट मर्ने ७० प्रतिशत बिरामी असाध्यै विषालु प्रकृतिका सर्पको टोकाइबाट मरेका छन्। दक्षिण एसियाको नेपालसहित भारत,  बंगलादेश पाकिस्तान र श्रीलंकामा अति विषालु प्रकृतिका सर्पको संख्या बढिरहेको छ। सर्पदंशको घटना मध्ये ९७ प्रतिशत दुर्गम क्षेत्रमा हुने गर्छ।

दुर्गम क्षेत्रका मानिसहरु सर्पदंशको उपचारका लागि पहिले धामी खोज्न भएकाले चिकित्सकहरुले धामीलाई सर्पको प्रजाति र विषालु सर्पले टोकेको पहिचान कसरी गर्ने भन्ने तालिम दिन थालेका छन्।

'मानिसहरु सर्पदंशको उपचारका लागि पहिला धामी खोज्न थाल्छन्। हामीले धामीलाई तालिम दिएका छौँ र उनीहरुले चोटको प्रकृति हेरेर सर्पको समेत पहिचान गरी बिरामीहरुलाई उचार केन्द्रमा जान सुझाउन थालेका छन्,' डाक्टर चिरञ्जिवी शर्मा भन्छन्।

सर्पले डस्ने बित्तिकै मानिस मरिहाल्ने भने होइन। गोमन सर्पको टोकाइबाट १५ देखि २० मिलिग्राम विष मानिसहरुको शरीरमा पुग्यो भने मात्रै मानिसको मृत्युको जोखिम बढ्छ सर्पदंशका १० प्रतिशत बिरामी उचारमा ढिलाइ भएर मृत्युवरण गर्छन्,' चिकित्सक अधिकारीले भने।

सर्पदंशको बिरामीलाई केन्द्रसम्म ल्याउन विगत १६ वर्षदेखि स्वयंसेवक समेत परिचालित भएका छन्। स्वयंसेवकहरुले मोटरसाइकलमा राखेर बिरामीलाई उपचार केन्द्रसम्म ल्याउँछन्। दमक र चारआलीका सर्पदंश उपचार केन्द्र सातै दिन २४ घन्टा खुला हुन्छन्।

पानी ट्याङ्की सीमानाका बेलुका ८ बजे बन्द हुन्छ। सर्पदंशको बिरामीका लागि भने जतिखेर पनि खुलै रहने गरेको छ। 'मानवताको कुनै सीमा हुँदैन,' डाक्टर शर्माले भने।

कोरोनाको महामारीपछि नेपाल-भारत सीमानाका बन्द भएपनि सर्पदंशका उपचारका लागि जाने नागरिकलाई कुनै रोकतोक छैन।

-इन्डियन एक्सप्रेसबाट
 

प्रकाशित मिति: ०९:३३ बजे, शनिबार, साउन ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्