Kathmandu Press

यस्तो छ कोरोना प्रभावित पेशा व्यवसायलाई दिइने राहत सहुलियत (पूर्णपाठ)

काठमाडौं, साउन २ :  सरकारले मौद्रिक नीतिमार्फत कोरोना प्रभावित पेशा व्यवसायलाई राहत र सहुलियत द

यस्तो छ कोरोना प्रभावित पेशा व्यवसायलाई दिइने राहत सहुलियत (पूर्णपाठ)

काठमाडौं, साउन २ :  सरकारले मौद्रिक नीतिमार्फत कोरोना प्रभावित पेशा व्यवसायलाई राहत र सहुलियत दिएको छ। 

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिमा कोरोना भाइरसका कारण मारमा परेका पेशा व्यवसायलाई सहुलियतपूर्ण ऋण दिने व्यवस्था गर्नुका साथै समस्यामा परेका व्यवसायीको ऋण तिर्ने भाका समेत सार्ने व्यवस्था गरेको छ।  

मौद्रिक नीतिले  कोरोना संकटबाट अतिप्रभावित हवाइ- उड्यन व्यवसाय, यातायात, होटल, रेष्टुरेन्ट लगायतका पर्यटन क्षेत्रका उद्यम–व्यवसाय पुनरुत्थानका लागि चालु पूँजी कर्जा, सहुलियतपूर्ण कर्जा र पुनर्कर्जा प्रवाहमा प्राथमिकता दिएको छ। 

यस्तै, कोरोनाका कारण अर्थतन्त्रमा परेको असरलाई मध्यनजर गर्दै उत्पादन अभिवृद्धि, रोजगारी सिर्जना र उद्यमशिलता विकासका लागि विद्यमान सहुलियतपूर्ण कर्जा कार्यक्रम सरल रुपमा कार्यान्वयन हुने व्यवस्था मिलाउने र बैंक तथा वित्तीय संस्थाबाट तोकिएका क्षेत्रमा यस्तो कर्जा ऋणीलाई ५ प्रतिशत व्याजदरमा उपलब्ध हुने व्यवस्था मौद्रिक नीतिले व्यवस्था गरेको छ।

हेर्नुहोस् पूर्णपाठ :

प्रकाशित मिति: १७:३७ बजे, शुक्रबार, साउन २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्