Kathmandu Press

ओलीलाई प्रचण्ड र नेपालले भने- स्थायी कमिटी फेस गर्नुस्

काठमाडाैं, साउन १ :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवाद समाधान गर्न बसेको तीन शीर्ष नेताको ब

ओलीलाई प्रचण्ड र नेपालले भने- स्थायी कमिटी फेस गर्नुस्
फाइल

काठमाडाैं, साउन १ :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवाद समाधान गर्न बसेको तीन शीर्ष नेताको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीलाई स्थायी कमिटी फेस गर्न भनेका छन्।

बिहीबार बालुवाटारमा बसेको त्रिपक्षीय छलफलमा प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने अडान कायम राख्दै प्रधानमन्त्री ओलीलाई स्थायी कमिटी फेस गर्न भनेका हुन्। 

'प्रचण्ड र माधव नेपालले  स्थायी कमिटीको सामना गर्न अध्यक्ष ओलीलाई भन्नुभएको छ,' बैठकमा केहीबेर सहभागी भएका महासचिव विष्णु पौडेलले जानकारी दिए। अध्यक्ष प्रचण्ड र नेता नेपालले ओलीले प्रधानमन्त्रीबाट समेत राजीनामा दिनुपर्ने अडान बैठकमा राखेका छन्।

सहमति जुटाउन बसेको त्रिपक्षीय छलफलले विवाद समाधानको कुनै उपाय निकाल्न भने सकेन। असार १८ गतेदेखि नेकपा विवाद सुरु भएयता त्रिपक्षीय छलफल भएको यो तेस्रो पटक हो। यसअघि प्रचण्ड र ओलीबीच विवाद समाधानका लागि भन्दै वान टू वान वार्ता भइरहेको थियो।

भोलि तय भएको स्थायी कमिटी बैठक जसरी पनि राख्नुपर्ने भन्दै अध्यक्ष प्रचण्डको निवास खुमलटार बिहीबार बिहान सचिवालयका नेताहरुबीच छलफल समेत भएको थियो।

छलफलमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताद्वय नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठसहितको भेलाले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई स्थायी कमिटीको निर्णय मान्न बाध्य बनाउने निर्णय गरेको थियो।

प्रकाशित मिति: १४:४२ बजे, बिहीबार, साउन १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्