Kathmandu Press

भेन्टिलेटरमा भर्ना भएका कोरोना संक्रमित पुरुषको मृत्यु

काठमाडौं, असार ३१ : कोरोना भाइरस संक्रमणको कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ। 

भेन्टिलेटरमा भर्ना भएका कोरोना संक्रमित पुरुषको मृत्यु

काठमाडौं, असार ३१ : कोरोना भाइरस संक्रमणको कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमका अनुसारकोरोना संक्रमण भई पहिलाेपटक भेन्टिलेटरमा पुगेका रौतहटकाे फतुवा विजयपुर गाउँपालिकाका ३६ वर्षीय पुरुषको बुधबार दिउँसो २ : ३० बजे मृत्यु भएकाे हाे।

ती युवक असार २४ गते काेराेनाकै कारण मृत्यु भएका दाजुको अन्तिम संस्कारका लागि भारतको बेंगलोर गएर फर्किएका थिए। 

भारतबाट फर्किएर पाँच दिन क्वारेन्टाइनमा बसेका उनलाई ज्वरो र सुख्खा खोकी लागेपछि असार २८ गते स्वाब संकलन गरिएको थियो। असार २९ गते उनमा कोरोना स‌ंक्रमण पुष्टि भएकाे थियाे।

त्यसपछि उनलाई अस्पताल भर्ना गरिएको थियाे र बुधबार नै भेन्टिलेटरमा राखिएकाे थियाे।

याेसहित नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ३९ पुगेकाे छ।

प्रकाशित मिति: १६:४२ बजे, बुधबार, असार ३१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्