Kathmandu Press

कोरोना संक्रमित व्यक्ति पहिलो पटक भेन्टिलेटरमा, अवस्था चिन्ताजनक 

काठमाडौं, असार ३१ : नेपालमा पहिलो पटक कोरोना संक्रमित व्यक्ति भेन्टिलेटरमा पुगेका छन्। वीरगञ्जस

कोरोना संक्रमित व्यक्ति पहिलो पटक भेन्टिलेटरमा, अवस्था चिन्ताजनक 
सांकेतिक

काठमाडौं, असार ३१ : नेपालमा पहिलो पटक कोरोना संक्रमित व्यक्ति भेन्टिलेटरमा पुगेका छन्। वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा रौतहटका ३८ वर्षीय पुरुष भेन्टिलेटरमा पुगेका हुन्।

यसअघि कोरोनासँगै अन्य रोग समेत देखिएका बिरामी भेन्टिलेटरमा पुगेको भएपनि कोरोना संक्रमण मात्रै देखिएका बिरामी भेन्टिलेटरमा पुगेको यो पहिलो केस हो।

‘यसअघि कोरोनासँगै अन्य रोगबाट समेत पीडित बिरामी भेन्टिलेटरमा पुगेका थिए। तर, अहिले भने कोरोनाबाहेक अन्य रोग नभएका व्यक्ति भेन्टिलेटरमा हुनुहुन्छ,’ अस्पतालका कोभिड संयोजक डा. उदय सिंहले भने।  

भेन्टिलेटरमा राखेर उपचार भइरहेका बिरामी रौतहटको फतुवा विजयपुर गाउँपालिकाका हुन्। उनलाई असार १९ गते रौतहटबाट नारायणी उपक्षेत्रीय अस्पताल रिफर गरिएको थियो। अहिले उनको अवस्था गम्भीर रहेको सिंहले बताए।

‘असार २९ गते राति १२ बजे उहाँ हाम्रो अस्पतालमा भर्ना हुनुभएको हो। उहाँको अवस्था निकै गम्भीर छ, जुनसुकै बेला जे पनि हुनसक्छ,’ सिंहले भने। 

ती युवक असार २४ गते भारतबाट रौतहट आएका थिए। पाँच दिन क्वारेन्टाइनमा बसेका उनलाई ज्वरो र सुख्खा खोकी लागेको थियो। असार २८ गते उनको स्वाब संकलन गरिएको थियो भने २९ गते कोरोना पोजेटिभ रिपोर्ट आएको थियो। त्यसपछि उनलाई अस्पताल भर्ना गरिएको र बुधबार भेन्टिलेटरमा पुगेको सिंहले जानकारी दिए। 

नेपालमा हालसम्म १७ हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये १० हजार ३२८ जना निको भएका छन् भने ३८ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति: १६:०३ बजे, बुधबार, असार ३१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्