Kathmandu Press

कांग्रेसको प्रश्न- प्रधानमन्त्री पद व्यक्तिको जमिन्दारी कि देशको जिम्मेवारी ?

काठमाडौं, असार ३१ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले दिएका

कांग्रेसको प्रश्न- प्रधानमन्त्री पद व्यक्तिको जमिन्दारी कि देशको जिम्मेवारी ?

काठमाडौं, असार ३१ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले दिएका अभिव्यक्ति सरकार र उनको दल नेकपाको प्रतिनिधित्व नगर्ने भए शासन गर्ने नैतिक अधिकार अब नरहेको बताएको छ। 

उसले प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्ति सरकार र नेकपाको मत होइन भने शासन गर्ने नैतिक र राजनीतिक आधार गुमाएको थप पुष्टि भएको पनि जनाएको छ।  प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार विज्ञप्ति जारी गरी प्रधानमन्त्रीका अभिव्यक्तिले देश र सम्बन्धित दलको प्रतिनिधित्व गर्दैनन् भने प्रधानमन्त्री पद व्यक्तिको जमिन्दारी कि देशको जिम्मेवारी ? भन्ने प्रश्न गरेका छन्।

सोमबार भानु जयन्तिका अवसरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भगवान राम नेपालमै जन्मिएको र सक्कली अयोध्या ठोरीमै रहेको बताएका थिए। ओलीले भारतले नक्कली अयोध्या खडा गरेको पनि अभिव्यक्ति दिएका थिए। 

प्रधानमन्त्रीको अभिव्यक्तिले उनीमाथि केही गम्भी प्रश्न सिर्जना गरेको पनि प्रवक्ता शर्माले बताएका छन्। ‘प्रतिपक्षी दलका तर्फबाट सार्वजनिक प्रश्न गर्नु हाम्रो कर्तवय भएको छ- देशको प्रधानमन्त्रीका अभिव्यक्तिले नेपाल देश र सम्बन्धित दलको प्रतिनिधित्व गर्दैनन् भने प्रधानमन्त्री पद व्यक्तिको जमिन्दारी कि देशको जिम्मेवारी ?,’ विज्ञप्तिमा भनिएको छ।

शर्माले वर्तमान परिस्थितिमा प्रधानमन्त्रीको दायित्वय एकातर्फ र व्यवहार अर्कातर्फ हुनु देशका लागि दुर्भाग्यपूर्ण भएको बताएका छन्। 

‘प्रधानमन्त्री पद देशको संस्कार, संविधान र संवेदनशीलता भन्दा पर व्यक्तिगत सनकको कैदी बन्न मिल्दैन। संस्थागत जिम्मेवारी भन्दा अलग निर्दलीय आधिपत्य प्रधानमन्त्री पदमा संविधानले परिकल्पना गरेको छैन। अतः प्रधानमन्त्रीको सोच, शैली, अभिव्यक्ति र ब्यवहार सम्पूर्ण ?पले बदल्ने या प्रधानमन्त्रीनै बदल्ने, उहाँकै दल नेकपाको विषय हो। तर दुई प्रश्न, देशको प्रधानमन्त्रीको अभिव्यक्ति नेपाल सरकारकै संस्थागत अभिव्यक्ति हो कि होइन? अनि उहाँको दल नेकपा पार्टीको विश्वास बमोजिमको हो होइन? संस्थागत प्रष्टिकरण अनिवार्यसँग आवश्यक भएको छ,’ विज्ञप्तिमा भनिएको छ।

कांग्रेसले प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्तिबारे सरकार र नेकपाको संस्थागत धारणा पनि मागेको छ।
 

प्रकाशित मिति: १५:४३ बजे, बुधबार, असार ३१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्