प्रचण्डले भने- पार्टी एकताबद्ध हुन्छ, तपाईं अहिले यता र उता दौडिनुभयो भने पछुताउनु पर्ला
चितवन, असार २८ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डल

चितवन, असार २८ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई विभाजित हुन नदिइने बताएका छन्।
नेकपा चितवनले आइतबार गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीलाई विभाजित नभई एकताबद्ध हुने दाबी गरेका हुन्। ‘पार्टीलाई विभाजित हुन दिइने छैन। पार्टी एकताबद्ध हुन्छ। तपाईं अहिले यता र उता दौडिनु भयो भने पछुताउनु पर्ला,’ प्रचण्डले भने।
उनले नेताहरुले अध्यक्षद्वयलाई गएर एकअर्कालाई नछोड्न भनेर उक्साउने गरेकाले त्यस्तो प्रवृत्तिप्रति सावधान रहँदै खबरदारी गर्न कार्यकर्तालाई आग्रह गरे।
‘हामी नेताहरुलाई एउटाले गएर केपीलाई प्रचण्डलाई छोड्न हुन्न भनेर उक्साउने, अर्कोले आएर प्रचण्डलाई केपीलाई छोड्न हुन्न भन्ने उक्साउने प्रवृत्तिहरु देखिएको छ। तपाईँहरुले यो प्रवृत्तिप्रति सावधानी रहँदै खबरदारी गर्नु पर्ने त्यहाँनिर हो,’ प्रचण्डले भने।
प्रचण्डले पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी सबैको भएको पनि बताए। उनले हिजो नाकाबन्दीको सामना गर्नेदेखि लिएर नयाँ नक्सा जारी गर्ने काम सबै मिलेरै गरिएको बताए।
‘यहाँ कोही राष्ट्रवादी, कोही राष्ट्रघाती दलाल होइन। हामी सबै मिलेरै नक्सा बनाएको हो,’ प्रचण्डले भने,‘ पार्टीको स्थायी कमिटी बैठकमा पहिलो एजेन्डा सीमा समस्या समाधान थियो। त्यहाँ मैले बोल्दा होस् वा अरुले बोल्दा होस् सबैले सरकारलाई धन्यवाद दिइएको छ। कमरेड केपी ओलीलाई धन्यवाद दिइएको छ।’
नक्सा जारी गरेको विषयलाई लिएर प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमै गरेको टिप्पणीप्रति संकेत गर्दै प्रचण्डले प्रश्न गरेका छन्,‘के राष्ट्रवाद मूर्दावाद र जिन्दावादको कुरा हो? पार्टीभित्र मूर्दावाद जिन्दावाद भन्ने कुरा हो त?’




-1792226847.jpeg)






-1792226847.jpeg)