Kathmandu Press

पहिरोले संखुवासभामा सात घर बगायो, ११ जना वेपत्ता

संखुवासभा, असार २८ : संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको बेसिन्दा गाउँमा पहिरोले सात

पहिरोले संखुवासभामा सात घर बगायो, ११ जना वेपत्ता

संखुवासभा, असार २८ : संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको बेसिन्दा गाउँमा पहिरोले सात घर बगाउँदा ११ जना वेपत्ता भएका छन्।

अविरल वर्षासँगै आज बिहान पहिरो गएको थियो। पहिरोले बेसिन्दा गाउँ बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पहिरोले गाउँ बगाउँदा ११ जना वेपत्ता प्रारम्भीक जानकारी आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवराज मल्लले बताए। घटनास्थलतर्फ प्रहरी टोली गएको उनले बताए।

सिलिचोङ प्रहरी चौकीबाट घटनास्थल पुग्न चार घन्टा लाग्छ। प्रहरी टोली पुगेपछि मात्रै घटनाको यथार्त विवरण आउने डीएसपी मल्लले बताए। प्रहरी टोली गएको तीन घन्टा भएको छ।

अहिले पनि सिलिचोङभारी वर्षा भइरहेको छ। जसले गर्दा उद्धारमा र खोजीमा कठिनाइ भइरहेको स्थानीय वासिन्दाले बताएका छन्।

 

प्रकाशित मिति: ०९:५१ बजे, आइतबार, असार २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्