Kathmandu Press

म्याग्दीको पहिरोमा परी निधन हुनेको संख्या २७ पुग्यो  

पोखरा, असार २७ : शुक्रबार परेको अविरल वर्षासँगै गएको पहिरोमा परी म्याग्दीमा मृत्यु हुनेको संख्या २७

म्याग्दीको पहिरोमा परी निधन हुनेको संख्या २७ पुग्यो  

पोखरा, असार २७ : शुक्रबार परेको अविरल वर्षासँगै गएको पहिरोमा परी म्याग्दीमा मृत्यु हुनेको संख्या २७ पुगेको छ भने चार जना अझै हराइरहेका छन् ।

पहिरोमा पुरिएर उद्दार गरिएका १२ जना घाइतेको बेनी, पोखरा र काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। पहिरो धवलागिरी गाउँपालिकाको मराङ, कल्लेरी, राम्चे र रिखामा धनजनको क्षती गरेको छ । यस्तै मालिका गाउँपालिकाको बिमा, दुले र नुरवाङमा धेरै क्षति पुर्‍याएको छ । जिल्ला प्रहरी कार्यालयबाट उपलव्ध विवरण अनुसार धवलागिरी गाउँपालिकामा मात्र १८ जनाको मृच्यु भएको छ । मृत्यु हुनेमा धवलागिरी ६ मराङका तुबहालुर क्षेत्री, सुकना लामागादे, आशिस लामगादे, आयुष लामगादे, आयुषा लामगादे, रेश्मा सुनार, मन सुनार, कलला श्रीपाली, सुरक्षा श्रीपाली र सुरज श्रीपाली छन् ।

यस्तै १८ वर्षका प्रकाश केसी, अन्दाजी ३३ वर्षकी हिरा मति जुग्जाली,  ७ वर्षकी करिश्मा, ५ वर्षकी कञ्चन, ५५ वर्षकी गौशरा, २० वर्षकी दिमा, उनकी छोरी ४ वर्षकी दिप्ती र एक वर्षका छोरा दिवान जुग्जाली रहेका छन् ।

प्रहरीका अनुसार धवलागिरी ६, कल्लेरीका ५१ वर्षीया जमिना केसी र १६ वर्षा सविन पुन हराइरहेका छन् ।

हराएका भनिएका मराङ रिखाका अन्दाजी ४० वर्षका धनबहादुर जुग्जाली, १५ वर्षकी रितु कुमारी र ५ वर्षका अर्जुन जुग्जाली भने सम्पर्कमा आएका छन् ।

यस्तै मालिका गाउँपालिकामा पहिरोमा परेर ८ जनाको मृत्यु भएको छ । प्राप्त विवरणअनुसार मालिका ७ विमका ४० वर्षका विष्णु पौडेल, ४ वर्षकी इच्छा पौडेलको मृत्यु भएको छ । यस्तै गौदेवी नेपाली, विशेष नेपाली, विष्णु नेपाली , सन्दीप नेपाली, वीरबहादुर नेपाली र उनका तीन महिनाकी छोरी निशाको मृत्यु भएको छ ।

यस्तै रघुगंगा गाउँपालिका(६ ठाडाखानीका अन्दाजी ५० वर्षका नलिमान छन्त्यालको पनि शव भेटिएको छ ।
 

प्रकाशित मिति: २२:२४ बजे, शनिबार, असार २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्