Kathmandu Press

कोरोनाको संक्रमणबाट थप तीन जनाको मृत्यु 

काठमाडौं, असार २७ : कोरोना भाइरसको संक्रमणबाट थप तीन जनाको मृत्यु भएको पुष्टि भएको छ। 

कोरोनाको संक्रमणबाट थप तीन जनाको मृत्यु 
सांकेतिक

काठमाडौं, असार २७ : कोरोना भाइरसको संक्रमणबाट थप तीन जनाको मृत्यु भएको पुष्टि भएको छ। 

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाको संक्रमणबाट थप तीन जनाको मृत्यु भएको पुष्टि गरेका हुन्। 

काठमाडौंको सिंनामगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा काठमाडौं गोकर्णेश्वर-४ का ५४ वर्षीय पुरुष, बानेश्वर-१० का ६० वर्षीय पुरूष र सिन्धुपाल्चोकको पाँचपोखरीका ४५ वर्षीय पुरूषको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रवक्ता गाैतमले जानकारी दिए। 

योसँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ। 
 

प्रकाशित मिति: १६:२९ बजे, शनिबार, असार २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्