Kathmandu Press

केएमसी अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं, असार २७ :  काठमाडौंको सिंनामगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा उपचारका क्र

केएमसी अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं, असार २७ :  काठमाडौंको सिंनामगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा उपचारका क्रममा मृत्यु भएका पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

उपचारका क्रममा बिहीबार मृत्यु भएका काठमाडौं गोकर्णका ५४ वर्षीय पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको अस्पतालका निर्देशक डा. मुकुन्दराज जोशीले जानकारी दिए।

उनका उपचारका क्रममा मृत्यु भएका पुरुषको शुक्रबार कोरोना परीक्षणको  रिपोर्ट पोजेटेभि आएको हो। मिर्गौलाको बिरामी ती पुरुषको स्वास्थ्यमा समस्या आएपछि सुरुमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो।

तर, त्यहाँ आईसीयु खाली नभएपछि गत असार १९ गते केएमसी अस्पताल ल्याइएको थियो। आईसीयुमा राखेर उपचार भइरहेका बेला उनको मृत्यु भएको थियो।

योसँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ। 

प्रकाशित मिति: १०:३२ बजे, शनिबार, असार २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्