जिल्लाभित्र सार्वजनिक सवारी चल्न दिने सरकारको निर्णय, भाडादर ५० प्रतिशत बढ्यो
काठमाडौं, असार २५ : सरकारले छोटो दूरीका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेक

काठमाडौं, असार २५ : सरकारले छोटो दूरीका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ।
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले छोटो दूरीमा सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको जानकारी दिए।
तर, सार्वजनिक यातायात सञ्चालकले सुरक्षाका मापदण्ड पूरा गरेर यातायात सञ्चालन गर्नुपर्नेछ। उनले तत्काल काठमाडौं उपत्यकाका तीन जिल्लाभित्र र बाहिरको हकमा सम्बन्धित जिल्लाभित्र मात्र सञ्चालन हुन पाउने छन्।
उनले सार्वजनिक यातायातमा सामाजिक दूरी कायम गर्दा सिट क्षमताको आधा र सिटको एउटा पंक्तिमा एक जना मात्र बस्न पाउने बताए। सवारीको ढोकामै स्यानिटाइजरको पनि व्यवस्था गर्नु पर्ने उनले बताए। सवारी चलाउँदा चालक र सहचालकले अनिवार्यरुपमा मास्क, भाइजर र पञ्जा लगाउनु पर्नेछ।
यस्तै, सार्वजनिक यातायातले तोकिएको भन्दा ५० प्रतिशत बढी भाडा लिन पाउने भएका छन्।
सरकारका प्रवक्ता खतिवडाले सार्वजनिक यातायातमा सिट क्षमताभन्दा आधामात्रै यात्रु चढाउञ्जेल तोकिएको भाडादरको ५० प्रतिशत बढी भाडा लिन पाउने व्यवस्था गरिएको बताए। सामान्य अवस्था आए पछि भने भाडादर पुरानै कायम हुनेछ।




-1792226847.jpeg)






-1792226847.jpeg)